भदौ २४ को घटनाको प्रतिवेदन सार्वजनिक गर्न सभापति थापाको माग
▸ यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । उहाँले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो । थापाले सरकारले मानव अधिकार आयोगको प्रतिवेदन लुकाएको र आयोगमाथि दबाब सिर्जना गरेको आरोप लगाउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›