श्रीकृष्ण विक मृत्यु प्रकरणः दश प्रहरीलाई कारबाही सिफारिस
▸ यस स्टोरीको अंश: सिन्धुली हिरासतमा थुनुवा मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस
सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ । प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले एक जनालाई सचेत, दुई जनालाई ध्यानाकर्षण, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्न सिफरिस गरेको छ । समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न सुझाव दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित