समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै
▸ यस स्टोरीको अंश: समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ती जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित