गणतन्त्र व्यवस्था होइन, दलहरूको कार्यशैलीप्रति जनताको आक्रोश हो: राजेन्द्र पाण्डे
▸ यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भए पनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन्। उनले गणतन्त्र स्थापना हजारौं जनताको बलिदान, त्याग र लामो राजनीतिक संघर्षबाट सम्भव भएको उल्लेख गर्दै अहिलेको असन्तुष्टि गणतन्त्रविरुद्ध नभई सुशासन र जनअपेक्षा पूरा गर्न नसकेका राजनीतिक दलहरूप्रतिको आक्रोश भएको दाबी गरे।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›