मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
▸ यस स्टोरीको अंश: मदन–आश्रित स्मृति दिवस: ओली र नेपालद्वारा नेताद्वयको योगदानको स्मरण
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता नेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । मदन–आश्रितको रहस्यमय निधन भएको ३३ वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली सन्देश जारी गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले उक्त घटनाबाट अपूरणीय क्षति व्यहोरेको उल्लेख गरे । उनले जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार तथा लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनका कुशल नेतृत्वकर्ता भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›