होसमा आए तालिममा बेहोस भएका ६ सशस्त्र प्रहरी जवान, अस्पताल भेट्न पुगे पूर्वगृहमन्त्री गुरूङ
▸ यस स्टोरीको अंश: तालिममा बेहोस भएका सशस्त्र प्रहरी जवानको होस खुल्यो, पूर्वगृहमन्त्रीले गरे भेटघाट
तालिमको क्रममा बेहोस भएका ६ जना सशस्त्र प्रहरी जवानको होस खुलेको छ । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम लिइरहेका ७ जना जवान बेहोस भएका थिए । त्यसमध्ये काठमाडौं ल्याइएका ६ जनाको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति होस खुलेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनीहरूको उपचार जारी रहँदा पूर्वगृहमन्त्री सुधन गुरूङ, सशस्त्र आइजिपी नारायणदत्त कँडेल लगायत अस्पताल पुगेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित