हमासका सैन्य प्रमुख मोहम्मद ओडेह इजरायली आक्रमणमा मारिएको पुष्टि
गाजास्थित सशस्त्र समूह हमासले आफ्ना सैन्य शाखा 'अल-कसम ब्रिगेड' का नवनियुक्त कमाण्डर-इन-चिफ मोहम्मद ओडेहको इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको बुधवार औपचारिक रूपमा पुष्टि गरेको छ। मंगलवार साँझ भएको उक्त आक्रमणमा ओडेहसहित उनकी श्रीमती र दुई छोराको समेत मृत्यु भएको हमासले जनाएको छ। हमासले यस आक्रमणलाई मानवीय मूल्य, मान्यता, कानून र दैवी सिद्धान्तहरूको घोर उल्लंघन भन्दै भत्र्सना गरेको छ।
6 समाचार
·
9 घण्टा अघि