इन्द्रदेव यादव

महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता लिए महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता लिए

महोत्तरी जिल्लामा विगत चार महिनाको अवधिमा २०९ जनाले आमाको नामबाट वंशज नागरिकता प्राप्त गरेका छन्। २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को निर्णयपछि पुस २१ गते राजपत्रमा सूचना प्रकाशित भई कार्यान्वयनमा आएको यो व्यवस्थाअन्तर्गत २०८२ माघ ६ गतेदेखि नागरिकता वितरण सुरु भएको थियो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार २०८२ माघ ६ देखि २०८३ जेठ ९ गतेसम्म यो प्रक्रियाबाट नागरिकता पाउनेको संख्या २०९ पुगेको छ।

15 समाचार · 4 दिन अघि
नेपाल–भारत सीमा सुरक्षा बैठकमा तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल नेपाल–भारत सीमा सुरक्षा बैठकमा तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल

भारतको सितामढीमा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी बैठक सम्पन्न भएको छ, जसमा सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणका विषयमा छलफल भएको छ । बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त समन्वय र सहकार्यलाई सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । नेपाली पक्षले भारतीय पक्षले सीमाक्षेत्र मिचेर निर्माण गरिरहेको बाँधका कारण डुबानको जोखिम बढेको भन्दै तत्काल समाधानको माग गरेको छ ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग