नेपाल–भारत सीमा सुरक्षा बैठकमा तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल
भारतको सितामढीमा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी बैठक सम्पन्न भएको छ, जसमा सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणका विषयमा छलफल भएको छ । बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त समन्वय र सहकार्यलाई सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । नेपाली पक्षले भारतीय पक्षले सीमाक्षेत्र मिचेर निर्माण गरिरहेको बाँधका कारण डुबानको जोखिम बढेको भन्दै तत्काल समाधानको माग गरेको छ ।
4 समाचार
·
4 दिन अघि