मुस्ताङमा वन्यजन्तु मार्न राखिएका १०५ अवैध पासो नष्ट, 'स्पाई क्यामेरा' जडान गरिने
मुस्ताङको घरपझोङ गाउँपालिकाको संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्न विशेष वन गस्ती गरिएको छ। इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजनामा भएको गस्तीमा १०५ वटा अवैध पासो फेला पारी नष्ट गरिएको छ। यी पासोहरू मुख्य गरी कस्तुरी मृगको सिकार गर्नका लागि थापिएका थिए।
3 समाचार
·
12 घण्टा अघि