वैदेशिक रोजगारी ठगी आरोपमा पाँच जना पक्राउ, करोडौं ठगिएको खुलासा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले सिङ्गापुर, मकाउ, स्पेन, पोल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै पीडितहरूसँग करोडौं रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
6 समाचार
·
3 दिन अघि