काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अमितकुमार र राहुलकुमारले क्यानडा पठाउने भन्दै रु एक करोड ५७ लाखभन्दा बढी ठगी गरेको अभियोग छ। पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

4 समाचार · 10 घण्टा अघि
वैदेशिक रोजगारी ठगी आरोपमा पाँच जना पक्राउ, करोडौं ठगिएको खुलासा वैदेशिक रोजगारी ठगी आरोपमा पाँच जना पक्राउ, करोडौं ठगिएको खुलासा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले सिङ्गापुर, मकाउ, स्पेन, पोल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै पीडितहरूसँग करोडौं रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

6 समाचार · 3 दिन अघि
त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित अजित श्रेष्ठ पक्राउ त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित अजित श्रेष्ठ पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित अजित श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट दिल्ली जान लागेका थिए। श्रेष्ठलाई रोमानियाको भिसा लगाउने भनी राहदानी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

6 समाचार · 6 दिन अघि
चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न सिन्धुपाल्चोकको भोटेकोसी पुगेको छ। उक्त टोलीले हेली रिसोर्टमा जडित सीसीटीभीको हार्डडिस्क बरामद गरेको छ। फागुन २३ गते रिसोर्टमा बसेका ती चिनियाँ नागरिकको सुन र नगद लुटिएको थियो।

3 समाचार · 6 दिन अघि
लागूऔषध र हतियारसहित ६ जना पक्राउ, प्रहरीद्वारा अनुसन्धान जारी लागूऔषध र हतियारसहित ६ जना पक्राउ, प्रहरीद्वारा अनुसन्धान जारी

प्रहरीले काठमाडौंको बौद्ध क्षेत्रबाट १२ केजी 'पोल्याण्ड' नामक लागूऔषध र दुई थान हतियारसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू लागूऔषध प्रयोग र कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग