स्याङ्जामा हिंसापीडित महिलाका लागि अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै
स्याङ्जामा हिंसापीडित महिलाका लागि सञ्चालित अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा पुतलीबजार नगरपालिकाको संयोजकत्वमा सञ्चालित यो केन्द्रले लैंगिक हिंसा, पारिवारिक झैझमेला र बेवारिसे अवस्थामा भेटिएका महिलालाई उद्धार, राहत र पुनःस्थापना गर्ने उद्देश्य राखेको छ। केन्द्रले हालसम्म २२ जनालाई सेवा प्रदान गरिसकेको छ, जसमा १५ जना बलात्कार तथा जबरजस्ती करणीका पीडित महिला रहेका छन्।
3 समाचार
·
6 दिन अघि