परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद, विकास प्राथमिकतामा छलफल
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच बिहीबार टेलिफोन संवाद भएको छ। संवादका क्रममा हुकरले खनाललाई बधाई दिँदै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरिन्। मन्त्री खनालले नेपालको समग्र विकासमा अमेरिकाले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै सुशासन, पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धि हासिल गर्ने सरकारको प्राथमिकताबारे जानकारी गराए।
6 समाचार
·
13 घण्टा अघि