चर्या नृत्यको संरक्षण र प्रवद्र्धनमा जोड, गुरु यज्ञमान पति बज्राचार्य सम्मानित
नेपालको प्राचीन सांस्कृतिक सम्पदा ‘चर्या नृत्य’ को संरक्षण र प्रवद्र्धनका लागि सरोकारवालाहरूले पहल थालेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बज्रयानी संस्कृति र अध्यात्मको संगम मानिने यस नृत्यका क्षेत्रमा योगदान पुर्याएका गुरु यज्ञमान पति बज्राचार्यलाई सम्मान गरियो । काठमाडौं महानगरपालिका, यूनेस्को र काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा भएको कार्यक्रममा चर्या नृत्यका विभिन्न प्रस्तुतिहरू पनि देखाइएको थियो ।