सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाले ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गर्ने काठमाडौँ महानगरपालिकाले ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गर्ने

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बौद्ध परम्परामा आधारित ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गरिने बताएकी छन्। नेपाल मण्डल लिटरेचर कल्चरल ट्रस्टले आयोजना गरेको गोष्ठीमा डंगोलले काठमाडौँभित्रका बहाल-बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूमाथि अध्ययनले थप उजागर गरेको बताइन्। उनले बहाल-बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गरी पुस्तान्तरणका लागि योजना बनाउनुपर्नेमा जोड दिइन्।

5 समाचार · 2 दिन अघि
काठमाडौं महानगरपालिकाद्वारा ‘चर्या प्रवाह’ कार्यक्रममा गुरु बज्राचार्य सम्मानित काठमाडौं महानगरपालिकाद्वारा ‘चर्या प्रवाह’ कार्यक्रममा गुरु बज्राचार्य सम्मानित

काठमाडौं महानगरपालिका र काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा शनिबार राष्ट्रिय नाचघर, जमलमा ‘चर्या प्रवाह’ नामक ऐतिहासिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा चर्या बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा योगदान पुर्‍याएका गुरु यज्ञमान पति बज्राचार्यलाई विशेष सम्मान गरियो। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु बज्राचार्यले सबैलाई समान रूपमा शिक्षा प्रदान गरेको बताइन्।

3 समाचार · 2 दिन अघि
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्समा सम्पन्न कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म 'इलिफेन्ट इन द फग' ले 'अनसर्टेन रिगार्ड' विधामा जुरी प्राइज जित्नु नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताएकी छन्। स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो सफलताले नेपाली चलचित्र, रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढाएको उल्लेख गरिन्।

37 समाचार · 2 दिन अघि
कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको ऐतिहासिक सहभागिता कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रको ऐतिहासिक सहभागिता

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको फिल्म फेस्टिभल नेपाली चलचित्रका लागि ऐतिहासिक रहेको बताएकी छिन्। यस वर्षको फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र क्षेत्रको उचाइ बढेको उनले दाबी गरिन्।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग