रास्वपाद्वारा बारा जिल्ला सभापति चन्दन स्वर्णकार पार्टीबाट निष्कासित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरी निष्कासन गरेको छ। बाराबाट निर्वाचित चार सांसदले आर्थिक अनियमितता, पार्टी संगठन परिचालन नगरेको र विपक्षी दलको पक्षमा लागेको आरोप लगाउँदै अनुशासन आयोगमा उजुरी दिएपछि पार्टीले यो कारबाही गरेको हो। स्वर्णकारले भने आफूमाथि राजनीतिक हत्या भएको र सांसदहरूको दबाबमा बिना छानबिन कारबाही गरिएको दाबी गरेका छन्।
11 समाचार
·
4 दिन अघि