पोखरामा ‘ले मेरिडियन’ होटल निर्माणका लागि कर्मा तेन्जिङले दुई अर्ब ऋण लिँदै
पोखरामा विश्वप्रसिद्ध होटल चेन ‘म्यारियट’को ब्रान्डमा पाँचतारे होटल ‘ले मेरिडियन’ निर्माण गरिरहेको एम्पर हस्पिटालिटी एण्ड होटल्स प्राइभेट लिमिटेडले दुई अर्ब ६ करोड रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाएको छ। यस परियोजनाको एकल प्रवर्द्धक तथा मुख्य लगानीकर्ता कर्मा तेन्जिङ हुन्। केयर रेटिङ्स नेपालले कम्पनीलाई बैंकबाट लिने दीर्घकालीन ऋणका लागि बीबी माइनस रेटिङ प्रदान गरेको छ।
3 समाचार
·
3 दिन अघि
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि सर्वसाधारणलाई ६ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्ने
एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई सेयर बाँडफाँट गरिसकेको छ। लगानीकर्ताले जेठ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
3 समाचार
·
4 दिन अघि
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ।
4 समाचार
·
4 दिन अघि