कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सडक अवरुद्ध, यातायात ठप्प
कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बुधबार माथिबाट आएको पहिरोले सडक पुरिएपछि यातायात सेवा बन्द भएको हो। प्रहरीका अनुसार पहिरो पन्छाउन ठूला उपकरणको खोजी भइरहेको छ।
11 समाचार
·
19 घण्टा अघि