सात वर्षपछि फरार प्रतिवादी पक्राउ, हत्या आरोपमा अनुसन्धान सुरु
जिल्ला प्रहरी कार्यालय चितवनले सात वर्षअघि फरार रहेका पन्चदेव महरालाई बाराको फेटा गाउँपालिकाबाट पक्राउ गरेको छ। उनी २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योगको कम्पाउण्डभित्र भएको हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ परेका महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
4 समाचार
·
6 दिन अघि