पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
सिरहाको गोलबजार नगरपालिका–४ स्थित निपनियामा स्थानीयवासीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन्। करिब सात वर्षदेखि सडक निर्माण सम्पन्न नहुँदा दैनिक सास्ती खेप्नुपरेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्। आन्दोलनपछि निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय तहका पदाधिकारीसँग छलफल गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको छ।
6 समाचार
·
9 घण्टा अघि