बसको ठक्करबाट मोटरसाइकल चालक अमृत बेल्बासेको मृत्यु
बुटवलको बेलबासमा पूर्वपश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँचीका ३० वर्षीय अमृत बेल्बासेको मृत्यु भएको छ। प्रहरीका अनुसार काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकलमा ठोक्किएको थियो। गम्भीर घाइते बेल्बासेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
3 समाचार
·
1 दिन अघि