छिन्नमस्ता गाउँपालिकामा सौर्य सिँचाइ आयोजनाको शिलान्यास
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ‘लोखरम–फुलकाही सौर्य सिँचाइ आयोजना’को शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आयोजनाको शिलान्यास गर्दै यसबाट करिब ४०० देखि ५०० बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र छिन्नमस्ता गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको छ ।
3 समाचार
·
6 दिन अघि