सप्तरी

कोशी टप्पु आरक्षमा ११,६०३ पर्यटकको भ्रमण, आन्तरिक पर्यटकको सङ्ख्या बढी कोशी टप्पु आरक्षमा ११,६०३ पर्यटकको भ्रमण, आन्तरिक पर्यटकको सङ्ख्या बढी

आर्थिक वर्ष २०८१/८२ मा कोशी टप्पु वन्यजन्तु आरक्षमा ११,६०३ पर्यटकले भ्रमण गरेका छन् । भ्रमण गर्नेमा ११,२१४ आन्तरिक पर्यटक रहेका छन् भने विदेशी पर्यटकको सङ्ख्या ३८९ रहेको छ । आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणका कारण आरक्ष पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

4 समाचार · 2 दिन अघि
गोरखामा जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु गोरखामा जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने क्रममा ४१ वर्षीय दुखीलाल यादव पर्खालबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

6 समाचार · 4 दिन अघि
सप्तरीका तीन सडकको ठेक्का रद्द, ठेकेदारको अटेरी र लापरबाही जिम्मेवार सप्तरीका तीन सडकको ठेक्का रद्द, ठेकेदारको अटेरी र लापरबाही जिम्मेवार

सडक डिभिजन कार्यालय, लहानले सप्तरीका तीनवटा सडक निर्माणको ठेक्का रद्द गरेको छ । राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडक निर्माणको ठेक्का लिएका ठेकेदारहरूले सम्झौताअनुसार समयमा काम नगरेको र अटेरी तथा लापरबाही गरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले ठेक्का सम्झौता अन्त्य गरेको हो । ठेक्का रद्द भएपछि निर्माण कार्य तत्कालका लागि अलपत्र परेको छ ।

8 समाचार · 4 दिन अघि
चलचित्र ‘कुम्भ’को प्रचार–प्रसार तीव्र, गृह जिल्ला सप्तरीमा विशेष कार्यक्रम चलचित्र ‘कुम्भ’को प्रचार–प्रसार तीव्र, गृह जिल्ला सप्तरीमा विशेष कार्यक्रम

आगामी जेठ १५ गते प्रदर्शनमा आउने चलचित्र ‘कुम्भ’को प्रचार–प्रसारलाई तीव्र पारिएको छ । यसैक्रममा डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरीको राजबिराजमा एक विशेष प्रचारात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चलचित्रको टिजर र गीत सार्वजनिक गरियो र दर्शक तथा स्थानीयवासीसँग फिल्म सफल बनाउन सहयोगको अपिल गरियो ।

5 समाचार · 5 दिन अघि
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी

सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। करिब ८० प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको यो अस्पताल असार १५ गतेभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी छ। यस अस्पतालले स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने र प्रादेशिक अस्पतालमा बिरामीको चाप घटाउने अपेक्षा गरिएको छ।

7 समाचार · 5 दिन अघि
छिन्नमस्ता गाउँपालिकामा सौर्य सिँचाइ आयोजनाको शिलान्यास छिन्नमस्ता गाउँपालिकामा सौर्य सिँचाइ आयोजनाको शिलान्यास

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ‘लोखरम–फुलकाही सौर्य सिँचाइ आयोजना’को शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आयोजनाको शिलान्यास गर्दै यसबाट करिब ४०० देखि ५०० बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र छिन्नमस्ता गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको छ ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग