जुम्लामा विश्वकै अग्लो स्थानमा मार्सी धान रोपाइँ सुरु
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित विश्वकै अग्लो स्थानमा रहेको छुमचौर जिउलोमा मार्सी धान रोपाइँ सुरु भएको छ। चिसोका कारण असारमा रोपाइँ गर्दा धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै रोपाइँ गर्ने परम्परा छ। पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि उत्पादन घट्दै गएकाले यसको संरक्षणका लागि गाउँपालिकाले सामूहिक रोपाइँ सुरु गरेको छ।
9 समाचार
·
7 घण्टा अघि