जुम्लामा मार्सीधान रोपाइँ सुरु, उत्पादन बढाउने प्रयास
जुम्लाको पातारासी गाउँपालिका-३ स्थित छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ। चिसोका कारण जेठमै धान रोप्ने परम्परा रहेको यस क्षेत्रमा मार्सी चामलको घट्दो उत्पादनलाई रोक्न सामूहिक रोपाइँको आयोजना गरिएको हो। गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरिएको जानकारी दिइन्।
6 समाचार
·
22 घण्टा अघि
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
जुम्लाको पातारासी गाउँपालिकामा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक तहको झुट्टा प्रमाणपत्र प्रयोग गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ।
3 समाचार
·
3 दिन अघि
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिकामा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको छ।
5 समाचार
·
4 दिन अघि
जुम्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा
जुम्ला जिल्लाका आठवटै स्थानीय तहहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। यससँगै जिल्लाले बालस्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। राष्ट्रिय खोप निर्देशिकाअनुसार आवश्यक मापदण्ड पूरा गरेपछि चन्दननाथ नगरपालिका र सात गाउँपालिकाले यो घोषणा गरेका हुन्।
4 समाचार
·
5 दिन अघि