राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको श्रेणीकरण गर्ने, कार्की कार्यदलको सुझाव अध्ययनमा
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको कार्यसम्पादन, जोखिम व्यवस्थापन, ग्राहक सेवा र वित्तीय अवस्थाका आधारमा श्रेणीकरण गर्न अध्ययन सुरु गरेको छ। डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बनेको कार्यदलले अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंकहरूलाई 'एक्सिलेन्ट', 'भेरी गुड' र 'गुड' गरी तीन तहमा श्रेणीकरण गर्न सुझाव दिएको थियो। यस अध्ययनले राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्ने र नियमनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
5 समाचार
·
2 दिन अघि