तुलसीपुर

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउने आयोजना सम्पन्न हुन थप छ महिना लाग्ने भएको छ। आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान र होमकनेक्सनलगायतका काम बाँकी रहेकाले ढिलाइ भएको संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए।

12 समाचार · 5 दिन अघि
ओएमएन सर्वे नहुँदा राप्ती प्रादेशिक अस्पताल जनशक्ति र शय्या अभावमा समस्यामा ओएमएन सर्वे नहुँदा राप्ती प्रादेशिक अस्पताल जनशक्ति र शय्या अभावमा समस्यामा

दाङको राप्ती प्रादेशिक अस्पताल सङ्गठन तथा व्यवस्थापन (ओएमएन) सर्वेक्षण पास नहुँदा जनशक्ति र शय्या अभावको समस्या झेल्दैछ । अस्पताल हाल ५० शय्याको स्वीकृत भए पनि बिरामीको चाप धान्न १४१ शय्या सञ्चालन गरिरहेको छ । २०० शय्याको अस्पताल बनाउने प्रस्ताव चार वर्षदेखि ओएमएन सर्वेक्षणमा अड्किएको छ, जसले गर्दा विशिष्टीकृत सेवाका लागि आवश्यक ५१५ जना जनशक्ति माग गरिए पनि हाल ७४ जना मात्र कार्यरत छन् ।

4 समाचार · 5 दिन अघि
दाङमा राप्ती प्रादेशिक अस्पतालको जग्गा अतिक्रमणमा परेको भेटियो दाङमा राप्ती प्रादेशिक अस्पतालको जग्गा अतिक्रमणमा परेको भेटियो

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जग्गा विभिन्न व्यक्तिहरूले घर-टहरा निर्माण गरी अतिक्रमण गरेको पाइएको छ। नापी कार्यालयका प्राविधिकहरूले गरेको नापजाँचका क्रममा अस्पतालको नाममा रहेको जग्गामा ४४ वटा घर-टहरा निर्माण गरिएको भेटिएको हो। अस्पताल प्रशासनले अतिक्रमित जग्गा खाली गराउन आवश्यक कदम चाल्ने जनाएको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग