सेती प्रादेशिक अस्पताल

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको निष्कर्ष राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको निष्कर्ष

दाङको राप्ती प्रादेशिक अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको प्राविधिक टोलीले गरेको नापजाँचको प्रारम्भिक प्रतिवेदनले करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखाएको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार अतिक्रमित जग्गामा ५० भन्दा बढी घर बनेका छन्।

4 समाचार · 1 दिन अघि
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यसमा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स र हवाई उद्धार सेवा, ग्रामीण क्षेत्रमा अल्ट्रासाउन्ड सेवा विस्तार, तथा क्यान्सर र मिर्गौला उपचारमा सहुलियत निरन्तरता दिने जस्ता योजना समावेश छन्। प्रदेश सरकारले नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि योग, ध्यान, खुला व्यायामशाला तथा खेलकुद कार्यक्रमलाई पनि अघि बढाउने भएको छ।

5 समाचार · 1 दिन अघि
झापा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु झापा कारागारका कैदीबन्दीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका चन्द्रकुमार घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विभिन्न अस्पतालमा लगिएको थियो।

5 समाचार · 3 दिन अघि
झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका चन्द्रकुमार घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विभिन्न अस्पतालमा लगिएको थियो।

3 समाचार · 3 दिन अघि
महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

महोत्तरी जिल्लामा डुबेर चार जना बालिकाको मृत्यु भएको छ। मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ।

3 समाचार · 4 दिन अघि
मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग मुक्तिनाथ विकास बैंकद्वारा सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठनलाई ह्वीलचेयर सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउने, समावेशीता प्रवर्द्धन गर्ने र दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यले सेती प्रादेशिक अस्पताल र युवा अपाङ्ग संगठन नेपाललाई १०-१० थान ह्वीलचेयर सहयोग प्रदान गरेको छ। यस सहयोगले बिरामी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूको अस्पताल परिसरभित्र तथा दैनिक जीवनमा सहज आवतजावतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

11 समाचार · 5 दिन अघि
ओएमएन सर्वे नहुँदा राप्ती प्रादेशिक अस्पताल जनशक्ति र शय्या अभावमा समस्यामा ओएमएन सर्वे नहुँदा राप्ती प्रादेशिक अस्पताल जनशक्ति र शय्या अभावमा समस्यामा

दाङको राप्ती प्रादेशिक अस्पताल सङ्गठन तथा व्यवस्थापन (ओएमएन) सर्वेक्षण पास नहुँदा जनशक्ति र शय्या अभावको समस्या झेल्दैछ । अस्पताल हाल ५० शय्याको स्वीकृत भए पनि बिरामीको चाप धान्न १४१ शय्या सञ्चालन गरिरहेको छ । २०० शय्याको अस्पताल बनाउने प्रस्ताव चार वर्षदेखि ओएमएन सर्वेक्षणमा अड्किएको छ, जसले गर्दा विशिष्टीकृत सेवाका लागि आवश्यक ५१५ जना जनशक्ति माग गरिए पनि हाल ७४ जना मात्र कार्यरत छन् ।

4 समाचार · 5 दिन अघि
दाङमा राप्ती प्रादेशिक अस्पतालको जग्गा अतिक्रमणमा परेको भेटियो दाङमा राप्ती प्रादेशिक अस्पतालको जग्गा अतिक्रमणमा परेको भेटियो

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जग्गा विभिन्न व्यक्तिहरूले घर-टहरा निर्माण गरी अतिक्रमण गरेको पाइएको छ। नापी कार्यालयका प्राविधिकहरूले गरेको नापजाँचका क्रममा अस्पतालको नाममा रहेको जग्गामा ४४ वटा घर-टहरा निर्माण गरिएको भेटिएको हो। अस्पताल प्रशासनले अतिक्रमित जग्गा खाली गराउन आवश्यक कदम चाल्ने जनाएको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग