आईसीसी विश्वकप लिग-२: अमेरिकाले स्कटल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो
आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै अमेरिका ३८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने स्कटल्यान्ड समान अंकका साथ रन रेटका आधारमा दोस्रो स्थानमा छ।
24 समाचार
·
5 दिन अघि