चलचित्र पत्रकार संघले ७ पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गर्यो
चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता दिवसको अवसरमा ७ जना पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। संघको २७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर लगायतले चलचित्र पत्रकारिताको महत्वबारे बोलेका थिए।