सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ दिनको अनशन अन्त्य
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिपछि खानले आफ्नो अनशन अन्त्य गरेकी छन्। सहमति अनुसार निर्मला कुर्मीको मुद्दालाई यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ र अन्य घटनाको छानबिन लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट गराइनेछ।
4 समाचार
·
6 दिन अघि