ट्राफिक प्रहरीद्वारा ११ लाख ५१ हजार राजस्व सङ्कलन, २,४५३ चालक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २,४५३ जना सवारी चालकलाई कारबाही गरेको छ। यस कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाही गरी राजस्व दाखिला गरिएको जानकारी दिए।
3 समाचार
·
3 दिन अघि
ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजार ९० जना कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि हालसम्म एक सातामा १३ हजार ९० जना सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ। यस कारबाहीबाट एक करोड १८ लाख छ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको छ। ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र लापरबाहीपूर्ण सवारी सञ्चालनले दुर्घटनाको जोखिम बढाएको छ।
24 समाचार
·
3 दिन अघि
ट्राफिक प्रहरीद्वारा चौबीस घण्टामा एक हजार ९२२ सवारी चालक कारबाहीमा, १९ लाख राजस्व सङ्कलन
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९२२ जना सवारी चालकलाई कारबाही गरेको छ। यस कारबाहीबाट १९ लाख ७० हजार दुई राजस्व सङ्कलन भएको छ। यस क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने पाँच जना चालकलाई पनि नियन्त्रणमा लिइएको छ।
3 समाचार
·
5 दिन अघि