नासाले चन्द्र आधार निर्माणका लागि चार अमेरिकी कम्पनीलाई ठेक्का दियो
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा आधार निर्माणको प्रारम्भिक चरणका लागि ल्यान्डर, रोभर र ड्रोन पठाउन चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ। यी उपकरणहरू सन् २०२८ को सुरुआतमा प्रस्तावित पहिलो मानव अवतरणअघि चन्द्रमामा पुगिसक्नुपर्नेछ। यस योजनाले आर्टेमिस कार्यक्रमअन्तर्गत भविष्यको मानव बसोबास र अनुसन्धानका लागि आधार तयार गर्नेछ।
3 समाचार
·
2 घण्टा अघि
नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा मानव बस्ती स्थापना गर्ने योजना सार्वजनिक गर्यो
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै दिगो मानव बस्ती स्थापना गर्ने योजनाको रूपरेखा सार्वजनिक गरेको छ। वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा नासाका अधिकारीहरूले चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरूलाई सहयोग गर्न पूर्वाधार विकासको रणनीति प्रस्तुत गरेका हुन्। यो योजनालाई तीन चरणमा विकास गरिनेछ, जसको अन्तिम लक्ष्य सन् २०३२ पछि चन्द्रमामा स्थायी मानव उपस्थिति स्थापना गर्नु हो।
10 समाचार
·
5 घण्टा अघि
नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि ‘मून बेस’ योजना सार्वजनिक गर्यो
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने महत्वाकांक्षी ‘मून बेस’ योजनाको खाका सार्वजनिक गरेको छ। यो योजना ‘आर्टेमिस’ अन्वेषण कार्यक्रमको एक हिस्सा हो र यसको लक्ष्य चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधिहरू सञ्चालन गर्नु हो। नासाका अनुसार यो परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ, जसको अन्तिम लक्ष्य सन् २०३२ पछि चन्द्रमामा स्थायी मानव उपस्थिति कायम गर्नु हो।
3 समाचार
·
10 घण्टा अघि
स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारसिप’ रकेटको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्ससस्थित कम्पनीको ‘स्टारबेस’ केन्द्रबाट स्थानीय समयअनुसार शुक्रवार साँझ रकेट प्रक्षेपण गरिएको थियो । यस परीक्षणमा स्टारसिपले परिमार्जित स्टारलिङ्क उपग्रह र २० वटा सिमुलेटरहरू सफलतापूर्वक अन्तरिक्षमा तैनाथ गरेको छ ।
4 समाचार
·
4 दिन अघि