सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा बाढीमा फसेका २० जनाको उद्धार
सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जना व्यक्तिको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा निउरो टिप्न र दाउराघाँस गर्न गएका महिलाहरू रहेका छन्। मनसुन सुरु भएसँगै तराईका नदीहरूमा बाढी आउन सक्ने खतरालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सतर्क रहन आह्वान गरेको छ।
5 समाचार
·
4 घण्टा अघि