सूचना तथा सञ्चार मन्त्रीको निर्देशन: दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने उद्देश्यले भौगोलिक रूपमा विकट तथा जनसङ्ख्याको दृष्टिले कम मानिस बसोबास गर्ने दुर्गम बस्तीहरूमा दूरसञ्चार सेवा विस्तारलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। नेपाल टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्रमा सेवा विस्तार गरिरहेको छ। आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ।
14 समाचार
·
2 दिन अघि