त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित अजित श्रेष्ठ पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान नेपाली राहदानीसहित अजित श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उनी नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट दिल्ली जान लागेका थिए। श्रेष्ठलाई रोमानियाको भिसा लगाउने भनी राहदानी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
6 समाचार
·
6 दिन अघि