गैरआवासीय नेपाली संघ र विज्ञबीच नीति सुधारबारे छलफल
गैरआवासीय नेपाली संघ (एनआरएनए) र पूर्व प्रशासक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच मुलुकको शासकीय प्रणाली, दिगो आर्थिक विकास र प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न भएको छ। बालुवाटारस्थित एनआरएनए सचिवालयमा आयोजित कार्यक्रममा नीतिगत अन्तर पहिचान गरी दीर्घकालीन नीति सुधारका सम्भावनाबारे छलफल गरिएको थियो। कार्यक्रममा गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिमा परिचालन गर्न कानुनी तथा नीतिगत ढाँचा निर्माणमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।
3 समाचार
·
1 दिन अघि