इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
वैदेशिक रोजगार विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा २३०० जना नेपाली सहायक कामदार (केयरगिभर) पठाउन आवेदन खुला गरेको छ। छनोट भएका कामदारले मासिक करिब ३ लाख ४७ हजार रुपैयाँ तलब पाउनेछन्।