म्यागङ गाउँपालिका

तनहुँमा धानबालीमा मरुवा रोग र किराको प्रकोप, प्राविधिक अनुगमन सुरु तनहुँमा धानबालीमा मरुवा रोग र किराको प्रकोप, प्राविधिक अनुगमन सुरु

तनहुँ जिल्लाका विभिन्न पालिकामा धानबालीमा मरुवा रोग, खैरो फड्के किरा र तरकारी बालीमा डाउनी मिल्ड्यू रोगको समस्या देखिएपछि कृषि विकास कार्यालयले स्थलगत प्राविधिक अनुगमन सुरु गरेको छ। अनुगमन टोलीले रोग पहिचान गरी नियन्त्रण र व्यवस्थापनका लागि कृषकलाई सुझाव दिएको छ। यस वर्ष वर्षा र मौसम प्रतिकूलताले उत्पादन घटेको किसानले गुनासो गरेका छन्।

9 समाचार · 16 घण्टा अघि
म्याग्दे गाउँपालिकाले जातीय भेदभाव उन्मूलन दिवसमा सार्वजनिक बिदा दिने म्याग्दे गाउँपालिकाले जातीय भेदभाव उन्मूलन दिवसमा सार्वजनिक बिदा दिने

म्याग्दे गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’का अवसरमा जेठ २१ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। संविधानले प्रत्याभूत गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै जातीय छुवाछुत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने संकल्पसहित यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

5 समाचार · 1 दिन अघि
तनहुँमा अवैध सालको काठसहित दुई जना पक्राउ तनहुँमा अवैध सालको काठसहित दुई जना पक्राउ

तनहुँको म्याग्दे गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा राखिएको सालको काठसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले चेत बहादुर चदारो र मिलन चदारोलाई उनीहरूको घर नजिकै लुकाई छिपाई राखेको अवस्थामा ७५.०७ क्युबिक फिट काठ बरामद गरी पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना र बरामद काठलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग