सिद्धार्थ बैंकले तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्यो
सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लाका १२ सामुदायिक विद्यालयहरूलाई इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले यो सहयोग गरिएको हो। यस पहलबाट प्रत्येक वर्ष करिब १५ सयभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ।
17 समाचार
·
12 घण्टा अघि
सिद्धार्थ बैंकले १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्यो
सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँस्थित १२ सामुदायिक विद्यालयहरूलाई इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। यस कार्यले १५ सयभन्दा बढी विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखिएको छ।
3 समाचार
·
1 दिन अघि
झापा र तनहुँमा हावाहुरीले घर, उद्योग र पोलमा क्षति
गएराति आएको पानीसहितको हावाहुरीले झापाका विभिन्न स्थानीय तहमा व्यापक क्षति पुर्याएको छ । प्रहरीका अनुसार घरका छाना उडाउनुका साथै कुखुरा फार्म, उद्योग, इँटा भट्टा, विद्युत् पोल तथा सवारीसाधनमा क्षति पुगेको छ । यसैगरी, तनहुँको सदरमुकाम दमौली र जिल्लाका विभिन्न स्थानमा आएको भीषण हावाहुरी र अविरल वर्षाले दर्जनौँ घरमा क्षति पुगेको छ ।
3 समाचार
·
1 दिन अघि
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ। एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको यस आयोजनाका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्।
13 समाचार
·
2 दिन अघि
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु
तनहुँ जिल्लामा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी सुरु भएको छ। एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर लगानीमा बन्ने यो अर्धजलाशययुक्त आयोजनाका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाँध, विद्युत्गृह र कर्मचारी आवास निर्माणका लागि जग्गा अधिग्रहण सुरु भएको हो।
3 समाचार
·
2 दिन अघि
तनहुँको अलपत्र सेती नदी पुल निर्माणले गति लियो, अन्तिम म्याद थपियो
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमा निर्माणाधीन पुलको कामले गति लिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण व्यवसायीलाई निर्देशन दिइएपछि काम तीव्र पारिएको छ। चार पटक म्याद थप भइसकेको उक्त पुलको अन्तिम म्याद २०८३ असोज ३० सम्म पुगेको छ।
11 समाचार
·
2 दिन अघि
तनहुँ जलविद्युत् आयोजना: चितवनमा प्रसारण लाइनका लागि रुख छपान सम्पन्न
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत चितवन जिल्लामा पर्ने प्रसारण लाइन निर्माणका लागि रुख छपानको काम सकिएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय वनमा रहेका रुखहरूको छपान कार्य सम्पन्न भएको हो । तनहुँ जिल्लाको हकमा भने रुख छपान कार्य जारी छ ।
4 समाचार
·
3 दिन अघि
तनहुँमा चट्याङ लागेर दुई महिला घाइते, भरतपुर रिफर
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर दुई महिला घाइते भएका छन्। स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा भीमकुमारी थापा र पुरनमाया थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइतेहरूको प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज रिफर गरिएको छ।
3 समाचार
·
4 दिन अघि
तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु
दक्ष कृषि जनशक्ति उत्पादन गरी युवा पुस्तालाई स्वदेशमै रोक्ने र उद्यमशील बनाउने उद्देश्यका साथ तनहुँमा विद्यालय केन्द्रित कृषि सचेतना अभियान सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँले भिमाद नगरपालिकाको जनज्योति माध्यमिक विद्यालयमा ‘नेपालमा कृषि स्नातकः अवसर र भविष्य’ विषयक सचेतनामूलक कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरेको छ । यो अभियानलाई क्रमशः जिल्लाका अन्य सबै स्थानीय पालिकाहरूका विद्यालयमा समेत विस्तार गरिने कार्यालयले जनाएको छ ।
3 समाचार
·
5 दिन अघि
तनहुँमा अवैध सालको काठसहित दुई जना पक्राउ
तनहुँको म्याग्दे गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा राखिएको सालको काठसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले चेत बहादुर चदारो र मिलन चदारोलाई उनीहरूको घर नजिकै लुकाई छिपाई राखेको अवस्थामा ७५.०७ क्युबिक फिट काठ बरामद गरी पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना र बरामद काठलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय तनहुँमा पठाइएको छ।
3 समाचार
·
5 दिन अघि