नेपाली महावाणिज्यदूतावासले बोस्टनमा कन्सुलर सेवा शिविर गर्ने
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले मे २३ मा बोस्टनमा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ। यो शिविर म्यासाचुसेट्सको ब्रेन्ट्रि स्थित पशुपतिनाथ बुद्ध टेम्पल एन्ड नेपाली कम्युनिटी सेन्टरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा राहदानी नवीकरण, ट्राभल डकुमेन्ट, एनआरएन कार्ड र टुरिस्ट भिसा जस्ता सेवाहरू उपलब्ध हुनेछन्।
3 समाचार
·
1 दिन अघि