सशस्त्र प्रहरीले सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाँजा बरामद गर्यो
सशस्त्र प्रहरी बलले सप्तकोशी नदीको बीच टापुबाट करिब ४७५ किलो गाँजा बरामद गरेको छ। बराहक्षेत्र नगरपालिका–६ र बेलका नगरपालिका–८ बीचको टापुमा १६ बोरामा लुकाइराखेको अवस्थामा उक्त गाँजा फेला परेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र राजविक्रम खड्काको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको जनाइएको छ।
4 समाचार
·
20 घण्टा अघि