सप्तकोशी नदी

सप्तकोशी नदीको टापुबाट सशस्त्र प्रहरीद्वारा ४७५ किलो गाँजा बरामद सप्तकोशी नदीको टापुबाट सशस्त्र प्रहरीद्वारा ४७५ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बलले सुनसरी र उदयपुरको सीमा क्षेत्रमा पर्ने सप्तकोशी नदीको बीच टापुबाट करिब ४७५ किलोग्राम अवैध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १६ बोरामा लुकाइराखेको उक्त गाँजा र्याफ्ट बोटको प्रयोग गरी नदी किनारमा ल्याएको थियो। बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ताले जानकारी दिएका छन्।

6 समाचार · 18 घण्टा अघि
सशस्त्र प्रहरीले सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाँजा बरामद गर्‍यो सशस्त्र प्रहरीले सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाँजा बरामद गर्‍यो

सशस्त्र प्रहरी बलले सप्तकोशी नदीको बीच टापुबाट करिब ४७५ किलो गाँजा बरामद गरेको छ। बराहक्षेत्र नगरपालिका–६ र बेलका नगरपालिका–८ बीचको टापुमा १६ बोरामा लुकाइराखेको अवस्थामा उक्त गाँजा फेला परेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र राजविक्रम खड्काको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको जनाइएको छ।

4 समाचार · 20 घण्टा अघि
माझी समुदायको ढुङ्गा दौड प्रतियोगितामा सूर्य माझी र मित्र माझीको जोडी प्रथम माझी समुदायको ढुङ्गा दौड प्रतियोगितामा सूर्य माझी र मित्र माझीको जोडी प्रथम

सुनसरीको सप्तकोशी नदीमा माझी समुदायको परम्परागत पेसा र सांस्कृतिक पहिचानको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको खुल्ला ढुङ्गा दौड प्रतियोगितामा वराहक्षेत्र–२ का सूर्य माझी र मित्र माझीको जोडी प्रथम भएको छ। प्रतियोगितामा नौवटा समूहको सहभागिता रहेको थियो।

3 समाचार · 2 दिन अघि
राष्ट्रपति पौडेलले गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताए राष्ट्रपति पौडेलले गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताए

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्। सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए। उनले शान्ति, विकास र सुशासनमार्फत संविधान र शासनप्रणालीका उद्देश्य पूरा हुने विश्वास व्यक्त गरे।

25 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग