नेपाली टेबलटेनिस खेलाडी योङ्गी पौडेलले दक्षिण कोरियामा प्रथम स्थान हासिल गरिन्
दक्षिण कोरियाको इन्चोनमा आयोजित याङ योङ जा टेबलटेनिस मिसन (वाइटिटिएम) अन्तरराष्ट्रिय प्रशिक्षण शिविरअन्तर्गतको च्याम्पियनसिपमा नेपालकी योङ्गी पौडेलले यू–१९ विधातर्फ प्रथम स्थान हासिल गरेकी छन्। अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार, पौडेलले पुरस्कारस्वरूप रु १५ हजारसहित टेबलटेनिस रबर र अन्य खेल सामग्री प्राप्त गरिन्।
3 समाचार
·
2 दिन अघि