रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
रोल्पाको थवाङमा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेका छन्। प्रहरीका अनुसार रुजुको घटनास्थलमै मृत्यु भएको थियो भने मनबुजीको उपचारका लागि पोखरा लैजाने क्रममा मृत्यु भएको हो।
6 समाचार
·
5 घण्टा अघि
रोल्पामा हावाहुरीले ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु
रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेका छन्। रुजुको घटनास्थलमै मृत्यु भएको थियो भने मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
4 समाचार
·
7 घण्टा अघि
ट्रान्सफर्मर प्राविधिक समस्याले प्युठान, रोल्पा र अर्घाखाँचीमा विद्युत् आपूर्ति अवरुद्ध
झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा जडान गरिएको ट्रान्सफर्मरमा प्राविधिक समस्या देखिएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। आइतबार रातिदेखि सेवा बन्द हुँदा स्थानीय उपभोक्ता तीन दिनयता प्रभावित बनेका छन्। बुटवल पावर कम्पनी लिमिटेडका अनुसार १५ मेगाभोल्ट एम्पियर क्षमताको ट्रान्सफर्मरमा समस्या आएपछि उत्पादन तथा वितरण प्रणाली रोकिएको हो।
4 समाचार
·
11 घण्टा अघि