अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टापछि बेइजिङको दुई दिने भ्रमण गरेका छन्। भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी द्विपक्षीय साझेदारी, रणनीतिक सहयोग, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा छलफल गर्नेछन्। दुई नेताबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
76 समाचार
·
5 दिन अघि