अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
अमेरिकाले इरानमाथिको आर्थिक दबाब बढाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल र तेल ढुवानी गर्ने जहाजहरूमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। इरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्न र अवैध गतिविधिहरूलाई आर्थिक सहायता पुर्याउन प्रयोग गर्दै आएको वित्तीय स्रोतहरूमा प्रहार गर्ने उद्देश्यले यो कारबाही गरिएको अमेरिकाले जनाएको छ। नयाँ प्रतिबन्धमा ५० भन्दा बढी कम्पनी, व्यक्ति र तेल ट्यांकरहरूलाई लक्षित गरिएको छ, जसले इरानलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न र अर्बौं डलर बराबरको अवैध आम्दानी गर्न सहयोग गरेको आरोप छ।
10 समाचार
·
6 दिन अघि