नेपाली चिया निर्यातमा भारतको अवरोध खुकुलो, प्रयोगशाला परीक्षणमा कडाइ घटाइयो
भारतले नेपाली चियाको गुणस्तरमा शंका उब्जाउँदै लगाएको शतप्रतिशत नमुना संकलन र अनिवार्य प्रयोगशाला परीक्षणको कडाइ खुकुलो पारेको छ। करिब २० दिनको अवरोधपछि १ मेदेखि लागू भएको यो नियम संशोधन गरिएसँगै नेपाली चिया निर्यात सहज बनेको छ। यसअघि पश्चिम बंगाल सरकारले नेपाली चियाले दार्जिलिङ चियाको ब्रान्डमा असर पारेको दाबी गर्दै कर छुट पुनरावलोकन गर्न आग्रह गरेको थियो।
3 समाचार
·
2 दिन अघि