झापामा स्कुल बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु
झापाको गौरादह नगरपालिका-७ मा सजग एकता बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा चार वर्षीय बालक आरोग्य चिमरियाको घटनास्थलमै मृत्यु भएको छ। विद्यालय बिदापछि बसबाट विद्यार्थी ओराल्ने क्रममा यो दुर्घटना भएको हो। प्रहरीले बस र चालक लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ।
5 समाचार
·
17 घण्टा अघि